काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा आफुलाई देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ ।
कम्पनीले पत्र पत्रिका,सामाजिक सञ्जाल लगायत सञ्चार माध्यम मार्फत “नेपालकै न.ं १” जीवन बीमा भएको दाबी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्यपरक जानकारीहरुका अनुसार आ.व. २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग रु. ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । कम्पनीका अधिकांश सुचाकं अनुसार नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमाको क्षेत्रमा नै
अब्बल साबित भएको कम्पनीले बताएको छ ।
जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गते देखि “नेपालकै नं. १” अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए ।
चौधरीले, “स्थापना कालदेखि आजका मितिसम्म आई पुग्दा शेयरहोल्डस, कर्मचारी, अभियान कर्ता लगायत समग्र सरोकारवालाहरुको निरन्तर विश्वास र भरोसाका कारण कम्पनी नेपालकै नं. १ जीवन बीमाका रुपमा स्थापित हुन पुगेकोमा सबैलाई धन्यबाद पनि ब्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS