काठमाण्डौँ — तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।
१ सय ४० मेगावाटको आयोजनाको हेडवर्क्सको काम सीएमसीले पाएको थियो ।
हेडवर्क्सअन्तर्गत नदी फर्काउने र बाँधसहितको संरचना निर्माणको काम पर्छन् ।
आयोजना र सीएमसीबीच भएको सम्झौतामा २८ दिनभित्र आयोजनास्थलमा काम सुरु गर्ने प्रावधान छ ।
कम्पनी सम्झौताअनुसार आयोजनास्थल नपुगेपछि आयोजना कार्यालयले फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना जारी गरेको थियो ।
दुई साताको म्याद दिएर सूचना दिइए पनि सीएमसीको आधिकारिक जवाफ नआएको भन्दै आयोजनाले ठेक्का तोडेको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS