काठमाडौं – बजाज मोटरसाइकलले नयाँ वर्ष २०७६ को योजना अन्तर्गत ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ ।
कम्पनीले ‘किने पछि जित्ने, होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना शुरु गरेको हो ।
उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन्, साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् ।
ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरी यो योजनाको लाभ लिन सक्नेछन् ।
योजनाको शुभराम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले ग्राहकहरुका लागि विभिन्न अफर र योजना ल्याएर उत्साहित बनाउदै आएको छ । ग्राहकहरुलाई दोब्बर खुसी प्रदान गर्ने उद्देश्यले बजाजले यस नयाँ वर्ष २०७६ को अवसरमा बजाज उल्टो अफर ल्याएको बताएका छन् ।
FACEBOOK COMMENTS