काठमाण्डौँ — अमेरिकाले नेपाललाई दिने सहयोगलाई बढाएर पाँच वर्षभित्र डेढ खर्ब पुर्याउने घोषणा गरेको छ ।
यो सहयोग कुनै सर्तमा नभएको पनि अमेरिकाले स्पष्ट पारेको छ ।
नेपाल सुखी र समृद्ध बनाउनका लागि मद्दत गर्न सीपमूलक तालिम र विश्वव्यापी उत्कृष्ट अभ्यासहरुको प्रयोगमा उक्त रकम खर्च गर्ने नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले बताए ।
अमेरिकाको २४३ औं स्वतन्त्रता दिवस आउनु अगाडि नै नेपालको मनसुनलाई ध्यान दिँदै एक कार्यक्रमबीच सहयोग घोषणा गरिएको हो।
— कान्तिपुर
FACEBOOK COMMENTS