काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला व्यवसायी ईन्द्रबहादुर शाक्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ ।
महासंघको ४१औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा हिजो शुक्रबार शाक्यलाई सो अवार्ड प्रदान गरिएको हो । उक्त अवसरमा महासंघले हस्तकलाका उत्कृष्ट निर्यातकर्ता, उद्यमी, महासंघका उत्कृष्ट कर्मचारीहरूलाई समे सम्मान गरेको छ ।
सम्मान पाउनेहरूलाई कार्यक्रमकी प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सम्मानपत्र प्रदान गरेकी थिइन् ।
यो पनि पढ्नुहोस्– हस्तकला महासंघले सरकारसमक्ष राख्यो १३ बुँदे माग, ऊर्जामन्त्री भुसालद्वारा सम्बोधनको आश्वासन
FACEBOOK COMMENTS