काठमाडौं । नेपाल हस्तकला महासंघको ४१औं वार्षिक साधारणसभाबाट अध्यक्षमा प्रचण्ड शाक्य निर्वाचित भएका छन् ।
हिजो शनिबार भएको कार्यसमिति निर्वाचनबाट शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सनम शाक्य निर्वाचित भएका छन् ।
त्यस्तै ६ जना उपाध्यक्षहरूमा जिल्ला र प्रदेशबाट दीपेन्द्र शाक्य (ललितपुर हस्तकला संघ), वस्तुगततर्फबाट अमृत खड्का (नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ), उद्योगतर्फबाट दिव्यतारा तुलाधर (अन्नपूर्ण ह्याण्डीक्राफ्ट), वाणिज्य तर्फबाट दिल्लीरत्न तुलाधर (वान वर्ल्ड ट्रेड कन्सर्न), व्यक्तिगत तर्फबाट नवीन शाक्य र एसोसिएट तर्फबाट किरण कुमार स्थापित (पूर्ण ऊड ह्याण्डीक्राफ्ट इन्ड्रष्टीज) निर्वाचित भएका छन् ।
त्यसैगरी १५ जना कार्यसमिति सदस्यहरूमा जिल्ला र प्रदेशबाट गणेशमान राजचल (भक्तपुर हस्तकला संघ) र पद्मराज बराल (झापा हस्तकला संघ) निर्वाचित भएका छन् ।
त्यस्तै वस्तुगतबाट रेखा अर्याल (ऊनीजन्य वस्तु विकास संघ) र श्रीकृष्ण प्रजापति (नेपाल सेरामिक संघ) तथा उद्योगबाट अमूल्यदेवी शाक्य (अमूल्य ह्याण्डीक्राफ्ट), रत्नमुनी ब्रम्हाचार्य (रत्न ऊड कार्भिङ सेन्टर) र विक्रम सिंह महर्जन (जुनेली एप्परल एण्ड एसेसोरिज डिजाइन) निर्वाचित भएका छन् ।
यसैगरी वाणिज्यबाट प्रताप शाक्य (सीबीजी ह्याण्डीक्राफ्ट), मिलनवीर मालाकार (सांग्रिला क्रिएशन ट्रेडर्स) र राकेश बज्राचार्य (एनआरबी ज्वेलर्स) निर्वाचित भएका छन् ।
त्यस्तै व्यक्तिगततर्फ उदीप शाक्य, माणिक मान शाक्य, विकाश शाक्य र सुजनरत्न शाक्य तथा एसोसिएटबाट दीपेन्द्र शाक्य (जुजुमान इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ) निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS