विराटनगर — नेपालमै पहिलो स्ट्रील लेन नमुना दाबी गरिएको विराटनगरको मुटुमा अवस्थित सेन्ट्रल मलमा उपभोक्तालाई लक्षित गरी विभिन्न उपहार योजना सुरु गरिएको छ ।
सेन्ट्रल मल सञ्चालकले नयाँ वर्षको अवसर पारेर उपहार योजना सार्वजनिक गरेको हो ।
विराटनगरका तीन ठूला औद्योगिक घरानाको १ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको मलमा आइतबारदेखि ‘सेन्ट्रल मल शुभारम्भ–२०७६’ लागू भएको छ ।
विराटनगरको प्रतिष्ठित औद्योगिक घराना विशाल गु्रप, देवेनरा गु्रप र हाइलाइफ गु्रपको संयुक्त लगानी रहेको मल गत फागुन २० गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
मलका सञ्चालक प्रकाश मुन्दडाका अनुसार मलमा २ हजारको सामान खरिद गर्ने ग्राहकलाई एउटा लक्की कुपन प्रदान गरिनेछ ।
जसमध्येबाट हरेक दिन १–१ जनाले मोबाइल, विराटनगर–काठमाडौं–विराटनगर हवाई टिकट, पाँच जनाले २ हजार रुपैयाँ बराबरको नगद भौचर, १० जनाले सेन्ट्रल मल्टिप्लेक्सको निःशुल्क टिकट प्राप्त गर्नेछन् ।
त्यस्तै प्रत्येक हप्ता लक्की कुपनमार्फत १–१ जनालाई टेलिभिजन र वासिङ मेसिन प्रदान गरिने सञ्चालक मुन्दडाले जानकारी गराए ।
— कारोबार
FACEBOOK COMMENTS