चितवन– चितवन महिला चेम्बरको गठन भएको छ ।
अनुशा पाठकको अध्यक्षतामा चितवन महिला चेम्बर गठन भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई अन्तरराष्ट्रिय बजारसम्म पहुच पुर्याउन नेपाल चेम्बरले सक्दो सहयोग गर्ने बताएका छन् ।
त्यस्तै महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नवगठित समितिले महिला उद्यमीहरुलाई एकत्रित गरि महिलाको आर्थिक सशक्तिकरणमा जोड दिनु पर्नेमा बताइन् ।
कार्यक्रममा चितवन चेम्बर अफ कमर्शका अध्यक्ष दिर्घ कुमार श्रेष्ठले चितवन जिल्लामा ब्यापार ब्यवसाय गर्दै आएका महिलाहरुको हितका निम्ती चितवन महिला चेम्बरले महत्वपूर्ण योगदान पुर्याउने विश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल महिला चेम्बरका सल्लाहकारद्वय अन्जना ताम्राकार एबम निलम ताम्राकार, उपाध्यक्षद्वय सुश्मा शर्मा एबम अम्बिका शर्मा, सचिब लिमा अधिकारी लगाएतको उपस्थिती थियो ।
को को छन् त चितवन महिला चेम्बरमा ?
उक्त भेलाले अनुशा पाठकको अध्यक्षतामा चितवन महिला चेम्बर गठन गरेको छ ।
नवगठित समितिको उपाधय्क्षमा भवानी पंडित, महासचिबमा सिता सापकोटा, सचिबमा निरु कार्की, सह( सचिबमा मुना पाण्डे, कोशाध्यक्षमा पिँकी लामा र सदस्यहरुमा शर्मिला हमाल, छाया श्रेष्ठ, अन्जु लामिछाने, जुली श्रेष्ठ, सकिला परियार, मन्जु मकाजु श्रेष्ठ, चिनु बस्नेत, डा। जेनी श्रेष्ठ, जमुना श्रेष्ठ, निशा ढकाल र गीता सेढाईलाई चयन गरेको छ ।
FACEBOOK COMMENTS