काठमाडौं । नेपालभर चेरी सवारीसाधनको आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्नो नयाँ अर्बन एसयूभी चेरी क्यूको डेलिभरी नेपालभर सुरु गरेको छ ।
काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको हो ।
सेग्मेन्टकै उत्कृष्ट विशेषतासहित चेरी क्यू मा ४१.२ केडब्लुएच क्षमताको ब्याट्री, ४०० किलोमिटर रेन्ज, ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रंक स्पेस, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी सुविधाहरू रहेका छन् ।
आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस अर्बन एसयूभीले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने कमपनकिो दाबी छ । साथै, यसले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको छ । आफ्ना आकर्षक विशेषताहरूका कारण यस नयाँ अर्बन क्ग्ख् ले सामाजिक सञ्जालमा समेत उल्लेखनीय चर्चा बटुलिरहेको कमपनीको दाबी छ ।
काठमाडौं, चितवन, बिर्तामोड, बुटवल र विराटनगरमा डेलिभरी सुरु हुनुले नेपाली बजारमा चेरीको बढ्दो उपस्थितिलाई प्रतिबिम्बित गर्नुका साथै देशका प्रमुख बजारहरूमा ग्राहकहरूमाझ आफ्ना सवारीसाधन सहज रूपमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

चेरी क्यूले नेपालका प्रमुख सहरहरूमा ग्राहकहरूसम्म आफ्नो पहुँच विस्तार गर्दै जाँदा, नवीन प्रविधि, व्यावहारिक उपयोगिता र आधुनिक सुभ डिजाइनको संयोजनमार्फत नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउँदै लगेको कम्पनीको दाबी छ ।
