काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले असार २४ गतेदेखि साधारण सेयर ९आइपीओ० निष्कासन गर्ने भएको छ ।
कम्पनीले १५ करोड रुपैयाँको १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा ७५ हजार कित्ता सामुहीक लगानी कोष र ३० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आवेदन दिन सक्नेछन् । आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आवेदन दिँदा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS