लमजुङ । जिल्ला अस्पताल लमजुङमा ज्वरो र झाडापखालाका विरामी बढेका छन् ।
वर्षा र अत्याधिक गर्मीका कारण जिल्ला अस्पतालमा दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने विरामीको संख्या बढेको अस्पतालले जनाएको छ ।
अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने विरामी मध्ये पछिल्लो समय वढि मात्रामा झाडापखला र ज्वरोको समस्या भएका बालबालिकाहरु उपचारका लागि आएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार अहिले दैनिक ५० देखि ६० जना बालबालिका उपचारको लागि अस्पतालमा आउने अस्पतालको तंथ्याक छ । उनीहरुमा बढि मात्रामा झापखला, ज्वरो, रुघाखोकी, रगतमासिको समस्या देखिएको छ ।
वर्षा हुदाँ केहि चिसो, वर्षा नहुँदा अत्यधिक गर्मिका कारण र खानपानमा ध्यान नदिदा बालबालिकामा बढि मात्रामा मौसमी स्वास्थ्य समस्या देखा परेको चिकित्सकको भनाई छ ।
यस्ता स्वास्थ्य समस्या आउन नदिन तथा फैलन नदिन सरसफाईमा ध्यान दिन, ताजा खानेकुरा खान र पानी उमालेर तथा फिल्टर गरेर पिउन चिकित्सकको सुझाव छ । लमजुङ जिल्ला अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।
FACEBOOK COMMENTS