काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सापास भएबमोजिम अन्डरग्राउन्ड प्रयोग गर्न घरधनीलाई निर्दैशन गरेको दिएको छ ।
महानगरले ३५ दिने सूचना निकालेर उक्त निर्देशन दिएको हो र अटेर गर्ने घरधनीलाई कारबाही गर्ने महानगरपालिकाले जनाएको छ । गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सापास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको महानगरलाई जानकारी भएपश्चात साउनको पहिलो साता गोरखापत्र, कान्तिपुरलगायत राष्ट्रिय दैनिकहरुमा ३५ दिने सूचनमा निकालेको हो । उक्त समय भित्र जुन प्रयोजनका लागि महानगरले स्विकृत दिएको हो सोहि कुरा लागु गर्न र अन्य व्यवसाय सञ्चालन गरे तत्काल हटाउन निर्दैशन दिएको छ ।
FACEBOOK COMMENTS