काठमाडौं, भदौ १०। गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।
थप हुने शाखाहरुमा तारकेश्वर नगरपालिका वडा नं. ८ जरखुं , मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ भक्तपुर, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी र बुढानिलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी रहेका छन् । यस संगै बैंकको ८१ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिटै नेपालको पूर्व देखि पश्चिमसम्म थप १५ वटा शाखाहरु सञ्चालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले जानकारी दिए ।
यस संगै बैकका ९६ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, ईसीसी/आईपीएस, सी-आस्वा , मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS