करण चौधरी
कार्यकारी सदस्य नाडा अटो एशोसिएसन
दुई तीनवर्ष पहिलाको नाडा अटो शो मा व्यपार घट्दो क्रम छ । सरकारले ल्याएको बैंक सम्बन्धी नीतिको प्रत्यक्ष असर अटो क्षेत्रमा परेको हो । गत वर्ष पनि अटो क्षेत्र बढी चलमलाउन सकेन र यो वर्ष पनि सरकारी नीतिमा कुनै परिवर्तन भएको छैन । हाम्रो प्रयास अटो क्षेत्रको व्यवसाय बढाउनु पर्छ भन्ने हो ।
तर हाम्रो ग्राहक कस्तो हुनुहुन्छ भने करिब ९० प्रतिशत ऋण वा किस्तामा लिने हुनुहुन्छ । यस्तो अवस्थामा ग्रहाकले सजिलै गाडीको ऋण लिन सके भने हाम्रो व्यापार ह्वात्तै बढ्छ । अहिले ५० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने नीति छ । जसले गर्दा खरिद गर्न सक्ने ग्राहकको क्षमता घट्यो । ६५ प्रतिशत ऋण लिन पाउने हो भने पनि अटो क्षेत्र चलमलाउने हामीले विश्वास गरेका छौं ।
विद्युतीय वा हाइब्रिड गाडीको लागि नेपाल तयार छ कि छैन भन्ने मुख्य प्रश्न रहेको छ । हाम्रो जति पूर्वधार चहिने हो त्यो अझै हुन सकेको छैन । विद्युतीय गाडीको लागि चाजिङ स्टेसन आवश्यक पर्छ तर ती अझै बन्न सकेका छैनन् ।
नर्मल डिसी चार्जर भन्दा पनि फास्ट चार्जिङ हुने प्रविधि चाहिन्छ । सरकारले यसमा कत्तिको ध्यान दिएको छ भन्ने मुख्य प्रश्न छ । हाइब्रिडको सम्बन्धमा विदेशमा यसको स्पष्ट परिभाषा छ तर नेपालमा त्यो नहुँदा विवाद आएको छ । यस्ता कुराले नेपालको अटोक्षेत्र भाइब्रेन्ट हुन सकेको छैन ।
FACEBOOK COMMENTS