कोलम्बो । श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभाेक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ ।
जबकी उच्च प्रयोगकर्ताहरूका लागि भने थोरै महशुल बढाउँनेछ । घाटामा रहेको सिलोन विद्युत बोर्ड (सीईबी)ले बुधबारदेखि नयाँ शुल्क ताेकेकाे हाे । बोर्डले नाै वर्षमा पहिलो पटक उच्च वृद्धि गरेको हो ।
सीइबीले आठ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धिका लागि अनुरोध गरेको थियो । तर, नियामक निकायले अधिकतम २६४ प्रतिशतसम्म वृद्धि गर्न अनुमति दिएको अधिकारीहरूले बताए ।
शुल्क वृद्धिले ७.८ मिलियन घरपरिवारमध्ये एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत प्रयोग गर्ने दुई तिहाइ सबैभन्दा बढी वृद्धिबाट प्रभावित हुनेछन् । ठूला उपभोक्ताहरूले करिब ८० प्रतिशत बढी तिर्नेछन् ।
FACEBOOK COMMENTS