काठमाडौं– अण्डा उत्पादक किसानहरुले अण्डाको मुल्य बढाउनु पर्ने बताएका छन् । काठमाडौंमा अण्डा उत्पादक संघको आयोजनामा अण्डा उत्पादक र वितरक बीच भएको छलफलमा सहभागि सबैले अण्डाको मुल्य नपाएको कारण मुल्य बढाउनु पर्ने बताएका हुन् ।
काठमाडौंका कुखुरा पालक बलराम सत्यालले लागत अनुसारको मुल्य नपाएको कारण किसान व्यवसाय छाडी खाडी जानुपर्ने अवस्था आएको बताएका छन् ।
उनले काठमाडौंमा एउटा अण्डाको लागत १० रुपैयाँ भन्दा बढी पर्छ तर किसान ७ रुपैयाँमा बेच्न बाध्य भएको बताए । उनले दानाको मुल्य २२ सय बाट २७ सय पुग्दा पनि अण्डाको मुल्य बढ्नुको साटो अझै घटेको बताएका छन् ।
केहि व्यवसायीले भने अण्डाको उत्पादन धेरै भएको र उपभोग कम भएका कारण बजारमा मुल्य घटेको बताएका छन् । काठमाडौंका अण्डा सप्लायर्स मदुकर ओझाले बजार माग भन्दा बढी उत्पादान भएकोले अण्डाको मुल्यमा गिरावट आएको बताएका छन् ।
उनले अण्डको मुल्य घट्नुमा किसान आफै खुद्रा पसलमा विक्री गर्दा बढेको बताएका छन् । उनले भने ‘केहि किसान आफै बजारमा अण्डा विक्री गर्दा सप्लार्यसले किसान संग कम मुल्यमा अण्डा उठाउनु परेको छ ।’
मकवानपुर अण्डा उत्पादक संघका अध्यक्ष राजु अधिकारीले हेचरी संघले किसान संग समन्वय नगर्दा अण्डाले बजारमा मुल्य नपाएको बताएका छन् । उनले सरकारले दिने अनुदान पनि साना किसानलाई भन्दा पनि ठुला बढालाई भएको बताए ।
सहभागि धेरै किसान तथा वितरकले अण्डा खानुपर्छ भन्ने कुरा जनस्तरमा प्रचार प्रसार गर्न नसकेको भन्दै अण्डाको उपभोग बढाउन नसकिएको बताए ।
अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिव राम केसीले किसान र वितरकको समन्वयको अभावमा अण्डाले बजार मुल्य पाउन नसकेको बताए । उनले बजार मुल्य घट्नुमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नुभन्दा एक आपसमा मिलेर बजार मुल्य निर्धारण गर्नुपर्ने बताएका छन् । अण्डा उत्पादकका हरेक समस्या सामाधान गर्न उत्पादक संघ लागिपरेको बताएका छन् ।
FACEBOOK COMMENTS