काठमाडौं– मुक्तिनाथ विकास बैंक लि.ले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रेमसागर फाउण्डेसन नेपालले धादिङ्गको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जन भोज अभियानलाई आर्थिक सहयोग गरेको छ ।
यस फाउण्डेसनले हरेक दिन करिब ५०० स्कुले बालबालिका तथा वृद्धवृद्धाहरुलाई निःशुल्कभोजन खुवाउदै आएको र करिब १५०० स्कुले बालबालिकालाई ताजाखाजा स्कुलमा पु¥याउदै आएको छ ।
बैंकले जनभोजको लागि एक दिनको लागत खर्च पचास हजार मात्र सहयोग गरेको छ । उक्तउक्त सहयोग रकम मुक्तिनाथ विकास बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले प्रेमसागर फाउण्डेसन नेपालका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरे ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी १२० वटा शाखा, २२ वटा ए.टि.एम. र करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, मोबाइल बैंकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क मार्फत सेवा दिदै आएको छ ।
FACEBOOK COMMENTS