काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।
अपराह्न ५ बजेका लागि बोलाइएको बैठक करिब एक घण्टापछि सुरु भएको हो ।
बैठकमा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँडका विषयमा छलफल हुने जनाइएको छ ।
सिट बाँडफाँडको मोडालिटी तय गर्नका लागि गठन भएको कार्यदलको बैठकले ठोस निर्णय गरेको छैन ।
कार्यदलका संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कार्यदलको सुझाबबारे शीर्ष नेताहरूलाई बिफ्रिङ गरेका छन् ।
गठबन्धनको बैठकमा त्यसबारे छलफल भएपछि कार्यदलले प्रतिवेदन तयार गर्ने तयारी गरेको छ ।
FACEBOOK COMMENTS