काठमाडौँ । सोमालियामा थप १७ लडाकु मारिएका छन् ।
सुरक्षाकर्मीहरूको कारबाहीका क्रममा बिहीबार उनीहरु मारिएको अधिकारीहरूले जनाएका छन् ।
मारिएका सबै जना अल शबाब समूहका लडाकु भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारबाही अझै पनि तिव्र रुपमा जारी रहेको जनाएको छ । देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकु समूह विरुद्धको कारबाही चलाइएको हो ।
सोमालियामा यस वर्षको सुरु देखि नै सुरक्षा कारबाहीलाई तिव्रता र प्राथमिकता दिइएको अधिकारीहरूले जनाएका छन् । सुरक्षाकर्मीहरूले लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दावी गर्दै आएको छ । त्यसैगरी कतिपय उच्च पदस्थ अधिकारीहरूलाई सो समूहले आक्रमण गरेको थियो ।
FACEBOOK COMMENTS