काठमाडौं, भदौ २७ । साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य घटेकोे छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार प्रतितोला ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २०० रुपैयाँले घटेर प्रतितोला ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य ७० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ६० हजार ५३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ६० हजार २७५ रुपैयाँ कायम गरेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला ८७० रुपैयाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपैयाँ कायम गरेको छ ।
FACEBOOK COMMENTS