काठमाडाैं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नयाँ लाइसेन्स् ३० दिनभित्र आह्वान हुने बताएका छन् ।
अध्यक्ष हमालले आह्वान भएको ३५ दिनभित्र नयाँ लाइसेन्स वितरण हुनेमा कुनै शंका नगर्न आग्रह समेत गरेका छन् ।
यसका साथै उनले बाहिर आएको ड्राफ्ट कुनै पुरानो ड्राफ्ट हुनसक्ने र क्याबिनेटले पास गरेको नियामावलीले तत्काल ब्रोकर लाइसेन्सका लागि बाटो खुलाउन कुनै बन्देज नलगाएको स्पष्ट पारे । केही सञ्चार ध्याममा गलत समचार प्रकाशन भएको आफुले देखेको भन्दै उनले नयाँ लाइसेन्स वितरण ३ बर्षसम्म धकेलिएको भन्ने केवल हल्ला मात्र भएको बताए ।
शुक्रबार एउटा कागज सामाजिक सञ्चालमा भाइरल भएको थियो । जसमा नयाँ ब्राेकर लाइसेन्स दिने काम ३ बर्षपछि मात्र सुरु हुने आशय प्रस्तुत थियो । केही सञ्चारमाध्यमले सो कागजका आधारमा समाचार समेत प्रकाशन गरेका थिए । तर, सो कागज आधिकारिक नभएको अध्यक्ष हमालले स्पष्ट पारेका हुन् ।
FACEBOOK COMMENTS