काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले पहिलोपटक हार व्यहोरेको छ । बंगलादेशसामु भारत ३-० ले पराजित भएको हो ।
बङ्गलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरेकी थिइन् । श्रीमोती सरकारले पनि एक गोल प्रहार गरेकी थिइन् ।
साविक विजेता विरुद्ध १२औँ मिनेटमा बंगालदेशकी सोप्नाले, सरकारले २२ औँ मिनेटमा र ५३ औँ मिनेटमा सोप्नाले दोस्रो गोल गरेकी थिइन् । जवाफमा भारतले कुनै पनि गोल फर्काउन सकेन ।
समूह विजेता बनेको बङ्गलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अङ्क जोडेको छ । भारत ३ खेलमा ६ अङ्क जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । सेमिफाइनलमा बङ्गलादेशले भुटानको सामना गर्नेछ ।
FACEBOOK COMMENTS