काठमाडौँ । राष्ट्र बैंकले आजदेखि नयाँ नोट साँट्ने व्यवस्था मिलाएको छ ।
मुद्रा व्यवस्थापन शाखाले भदौ २९ गतेदेखि राष्ट्र बैंकबाट नयाँ नोट साँट्ने व्यवस्था मिलाएको जानकारी दिए । हरेक वर्ष नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गरेर नोटहरु सटही गर्ने व्यवस्था मिलाएको हुन्छ । यस वर्ष पनि बडादशैँ, तिहार, छठ जस्ता विभिन्न चाडवाडलाई लक्षित गरेर १० अर्ब जति साना दरका नोटहरु छापिएको मुद्रा व्यवस्थापन शाखाको भनाइ छ ।
साना नोट भनेको रु ५ देखि १०० सम्मका नोटहरु भन्ने बुझिन्छ । जसमा ५, १०, २०, ५० र १०० का नोटहरु रहेका छन् । १८ हजार ५ सय रुपैयाँ सेवाग्राहीले साट्न चाहेको अवस्थामा रु ५ देखि १०० सम्मको एक÷एक बण्डल दिन सजिलो हुने गरेको छ। एक व्यक्तिले राष्ट्र बैंकको क्यास सटहीँ काउन्टरमा लाइन लागेपछि बढीमा ५ मिनेटमा नोट साटेर फिर्ता भइसकेको हुन्छ । यस वर्षको चाडबाडका लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोटको व्यवस्था मिलाउने भएको छ। गत वर्षको दशैंमा ८ अर्ब बराबरको नयाँ नोट साटिँएको थियो । त्यसैलाई आधार मानेर यो वर्ष १० अर्बको प्रक्षपण बैंकले गरेको छ। काठमाडौँ उपत्यकाको हकमा सर्वसाधारणका लागि आजैको दिन देखि राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट बाड्न थालिएको उनले बताए । नेपालका अनुसार भोलीदेखि राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकले नयाँ नोट कम्तिमा १० वटा शाखाहरुबाट साट्ने व्यवस्था मिलाउँदै छन्. भने अन्य कमर्सियल बैंकले चाहीँ असोज २ गतेदेखि नयाँ नोटहरु साट्ने काम गर्ने छन् ।
उनीहरुले काठमाडौँको हकमा ५ वटा शाखाहरुबाट वितरण गर्ने छन् । बैंक तथा वित्तीय संस्थालाई भदौका २२ गतेदेखि नै नोट सटहीकोलाई लागि नयाँ नोट दिइसकेको छ । ३ अर्ब ६० करोड रुपैयाँ बैंकले लिइसकेका छन् ।
FACEBOOK COMMENTS