काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको छ।
नेपालमा मोबाइल सेटको गैरकानुनी आयात, बिक्रीवितरण तथा प्रयोगलाई निरुत्साहित थप व्यवस्थित गर्न प्राधिकरणले एमडीएमएस कार्यान्वयनमा ल्याएको हो। यो प्रविधिक सञ्चालनमा आएसँगै चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न सकिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आज भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तरबरले ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको छ। भदौ ३० गतेपछि मोबाइल खरिद गर्दा दर्ता भए वा नभएको यकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। बिना दर्ताका मोबाइल सेट नचल्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।
यसैगरी मोबाइल आयातकर्ता तथा बिक्रेताहरुले पनि मोबाइल आयात गर्नुअघि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्रीवितरण गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने घोषणा गरेका थिए । तर त्यसको १ वर्षपछि यो कार्यन्वयनमा आएको हो ।
मोबाइल हरिद गर्नु अघि https://mdms.nta.gov.np/ वेबसाइट बाट सो मोबाइलको आईएमईआई दर्ता भएको छ कि छैन भनेर चेक गरेर सो मोबाइल नेपालमा चल्छ कि चल्दैन थाहा पाउँन सकिन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन आफ्नो मोबाइलमा ‘*#06#’ डायल गर्नुपर्छ । २ वटा सिमकार्ड चल्ने मोबाइलमा २ वटा नै आईएमईआई नम्बर देखिन्छ । यदि २ वटा सिमकार्ड लाग्ने मोबाइल छ भने २ वटै आईएमईआई नम्बर दर्ता भएको हुनु पर्छ।
FACEBOOK COMMENTS