काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।
बोनस सेयरपछि समायोजन भएको कम्पनीको सेयर मूल्य ४७१ रुपैयाँ ६२ रुपैयाँ निर्धारण भएको छ ।
इन्स्योरेन्सले १४।५० प्रतिशत बोनस सेयर वितरणका लागि बुक क्लोज गरेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुक क्लोज गरेसँगै मूल्य समायोजन भई नयाँ मूल्य तोकिएको हो ।
अब समायोजन भएको मूल्यका आधारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ थियो ।
लाभांश पारित गर्न कम्पनीले असोज १३ गते १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
FACEBOOK COMMENTS