काठमाडाैं । आज बिहिबार शेयरबजार परिसूचक नेप्से ९.८३ अंकले घटेको छ ।
आज नेप्से सूचक ९.८३ अंकले घटेर १८३८.९७ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका २२९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता शेयर खरिद बिक्रिबाट ६५ करोड ५७ लाख ५ हजार १६९ बराबरको कारोबार भएको छ ।
जस मध्ये नबिल बैंक लिमिटेडको २ करोड ५८ लाखको कारोबार भएको छ भने बोटर्स नेपालको २ करोड ४१ लाखको कारोबार भएको छ ।
FACEBOOK COMMENTS