काठमाडाैं । अर्थ मन्त्रि जनार्दन शर्माले इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन् । त्यसको लागि एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाइ अगाडि बढाउनुपर्ने बताएका हुन् ।
पालुङ्टारलाइ सुचनाप्रबिधिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने भन्दै सँघीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग हुने उनले बताए । स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन। पालुङ्गटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ। उनले हिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
‘नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौँ, यो पानीलाइ टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ बजेट खर्च गर्दै कामलाइ द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु’, मन्त्री शर्माले पालुङ्ग्टारमा उपश्थित स्थानिय जनतालाई सम्बोधन गर्दै बताए ।
देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए । नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्टार भएर अघि बढेको बताउदै उक्त राजमार्ग निर्माणको योजना माओबादि सरकारले ल्याएको पनि स्मरण गराए ।
FACEBOOK COMMENTS