भक्तपुर । पल्पसा बहुउद्देश्यीय सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।
संस्थाले आफ्नो वार्षिकउत्सवको अवसरमा आयोजना गरेको सो कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।
सुर्यविनायक पोलिक्लिनिकमा भएको सो कार्यक्रमकाे संयोजकको भुमिकामा शिक्षा तथा सदस्यता प्रवद्धन उपसमिति रहेको थियो ।
सनिबार बिहान ७:३० देखि ११ बजेसम्म सञ्चालित सो कार्यक्रमका सबै रक्तदातालाई प्रशंस पत्र वितरण गरिएको उपसमितिका संयोजक लक्ष्मी गोपाल प्रजापतिले जानकारि दिए ।
रेडक्रस सोसाइटि भक्तपुर शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
FACEBOOK COMMENTS