काठमाण्डौं – बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सिप्रदीको सुमो गोल्ड आफ्नो गाडि आफ्नो सवारी अभियान संचालन गरेको छ ।
काठमाण्डौमा पत्रकार सम्मेलन गरी यो अभियानको जानकारी गराएको हो ।
पत्रकार रबि लामिछाने ब्रान्ड एम्बेस्डर रहेको यस अभियानमा तत्कालका लागि २ सय सुमोको लागि यो अफर गरिएको छ ।
यस अभियान अन्तरर्गत प्रत्येक टाटा सुमो गोल्डको खरिदमा निःशुल्क ड्राइभिङ तालिम, निःशुल्क मेकानिकल तालिम, , सुलभ फाइनान्स र १ वर्षको इन्स्योरेन्सको सुविधा पाउने कम्पनिले जनाएको छ ।
यो अभियानले स्वदेशमा नै रोजगारीको सृजना गरी, युवाहरुको बैदिशिक रोजगारीका लागि बिदेसीनु पर्ने बाध्यतालाई कम गर्ने विश्वास कम्पनीले लिएको छ ।
कार्यक्रममा बोल्दै सिप्रदी टेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले समाजका लागि यस्तो रोजगारी मुलक अभियानको सुरुवात गरेकोमा हामी आफुमा गर्व महसुस गरेको बताउँदै टाटा सुमो अपनाएर आफ्नो रोजगारी आफै सृजना गर्न आवहान गरेका छन् ।
FACEBOOK COMMENTS