काठमाडाैं । अग्निप्रसाद सापकोटाले सभामुखको हैसियतमा पाउने सरकारी सुविधा त्याग गरेर निजी निवास फर्किएका छन् । सभामुखको हैसियतमा पाएको सवारी साधन तथा सरकारी आवास फिर्ता गरेर निजी निवासमा फर्किएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
सापकोटा लामो समयदेखि भक्तपुरको कौशलटारमा बस्दै आएका छन् । सभामुखको हैसियतमा उनी लैनचौरस्थित सरकारी निवासमा बस्दै आएका थिए । संसद् सचिवालयबाट पाएको गाडी, ल्यापटप, मोबाइल तथा ब्रिफकेश बुझाएर उनी निजी निवास फर्किएका हुन् ।
त्यसअघि उनले संसद् सचिवालय सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आफू आगामी निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार नबन्ने घोषणा गरेका थिए । उनले आफूले युवापुस्तालाई अवसर दिनका लागि सो निर्णय गरेको बताएका थिए ।
FACEBOOK COMMENTS