काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष ओली अछामका जनतालाइ अपमान गरेकाे बताएका छन् ।
उनले प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन गरेर आफूलाई टिकट नदिएर अछामका जनताका अपमान गरेको टिप्पणी गरेका हुन्।
उनले भने, ‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो। भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो। तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन्। मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ।’
यस्तै उनले राष्ट्र हितका पक्षमा बोलेकै कारण अध्यक्ष ओलीले चुनावमा टिकट नदिएको बताएका छन् ।
पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए । उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेकाे आरोप पनि लगाए ।
FACEBOOK COMMENTS