काठमाडौं । मंगलबा अर्थात कार्तिक १ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीकाे निधनकाे शाेकमा उक्त दिन देशैभर सार्वजनिक बिदा दिने भएकाे हाे ।
गृह मन्त्रालयले एक विज्ञप्ति मार्फत भाेलि सार्वजनिक बिदा दिने जनाएकाे हाे ।
शताब्दी पुरुष जोशीकाे आइतबार बिहान ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको थियो ।
उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनप्रेम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।
FACEBOOK COMMENTS