काठमाडौं । आगामि मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव हुँदै छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको लागि १६५ र प्रदेशसभाका लागि ३३० गरी जम्मा ४९५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । जसकालागि दर्जनौ पार्टीका हजारौ नेताले उम्मेदवारी दिएका छन् । त्यसैगरी स्वतन्त्रबाट पनि हजारौंको उम्मेदवारी परेको छ । यस्तै निर्वाचन आयोगमा समानुपातिकको लागि नाम पठाएकाहरुको संख्यापनि हजारौं छ ।
हरेक पाँच वर्षमा हुने यस्तो निर्वाचनबाट कानुन बनाउने ठाउँमा पुग्ने आकांक्ष पक्कैपनि सबै उम्मेदवारलाई हुन्छ । यहाँ आर्थिक रुपमा कमजोर देखि देशकै सबैभन्दा धनि मानिसहरुको उम्मेदवारी छ । आर्थिक रुपमा कमजोर भएकाहरुले चुनाव जित्न नै मुस्किल छ । तथापि कहि कतै भने कुनै खर्च नै नगरि पनि उम्मेदवारहरुले चुनाव जितेको समचार सुन्न पाईन्छ ।
मुलत चुनावका लागि याहाँ उम्मेदवारहरुले कराेडौंको रुपैयाँ खर्चगर्ने गरेको पाइएको छ । भलै निर्वाचन आयोगले उम्मेदवारलाई चुनावको लागि खर्च गर्ने सिमा तोकेको छ । तर, आयोगले तोकेको त्यो सिमा केवल देखाउनको लागि मात्र हो । चुनाव सकिएपछि तिनै नेताहरुले मेरो चुनावमा यति करोड खर्चभयो भनेर सार्वजनिक रुपमै भन्दापनि आयोग मुगदर्शक बनेर बस्ने गरेको छ ।
यस कुराले पनि पुष्टि हुन्छ कि चुनावमा नेताहरुले आयोगले तोकेको सिमा नाघेर करोडौंको खोलो बगाउँछन् । यसरी चुनावका लागि खर्च गर्ने उम्मेदवारको आयास्रोतबाट पक्कै पुग्दैन । केहि व्यापारि पृष्ठभुमिबाट आएर चुनाव लड्नेहरु बाहेक अन्य नेताहरुलाई यसरी आफ्नै पैसाले चुनाव लड्ने अवस्था छैन् । तर, चुनाव भने जित्नु छ । करोडौं खर्च नगरि चनाव पनि जितिन्दैन भन्ने उनीहरुलाई थाहा पनि छ।त्यसैले नेताहरु व्यवसायीहरुसँग चन्दा उठाउँछन् । जुन पैसा चुनावका लागि खर्चिन्छन् । पार्टीले नै कुन व्यवसायीसँग कति रकम उठाउने भनेर हिसाब गर्न सुरु गर्दछ अहिले।
नेताहरुले पनि आ-आफ्नै ढ्ंगले चन्दा उठाउँछन् ।
अहिलेको समय पार्टीे र तिनैका पार्टीका नेताहरुले व्यवसायीहरुलाई तारन्तार फोन गरेर हैरान बनाएका छन् । अहिले कुनैपनि एक व्यवसायीको मोबाईलको इनकमिङ कल हेर्ने हो भने अधिकांश नम्बर नेताकै हुन्छ ।
यसरी विगत दुई दशकदेखि काठमाडौंमा व्यवसाय गर्दै आएका एक व्यवसायीका अनुसार एउटै पार्टीका दर्जन बढी नेताले फोन गरेर चन्दा माग्ने गरेको दुखेसो पोखे । उनले आफ्नो नाम र व्यवसय नखुलाउने सर्तमा यसरी नेता तथा पार्टीले चन्दा आतंक गरेको बारेमा हामिलाई सुनाएका छन् । चुनाव जितेपछि सहयोग गर्ने आश देखाएर चन्दा माग्ने गरेको उनी बताउँछन् ।
एउटा नेतालाई रकम दिएपछि फेरि सोहि पार्टीकै अर्काे नेताले पनि चन्दा मागेको उनको भनाई छ । उनीसँग करिब ५ वटा पार्टीका २५/३० जनाले चन्दा मागेको उनले बताए । तर, उनले हालसम्म २ वटा पार्टीको ५/६ जनालाई चन्दा दिएको र बाँकी नेताहरुलाई भने पैसा नदिएको उनको भनाई छ । ति नेताहरुको नाम भने उनले खोल्न चाहेनन् र कति पैसा दिएको पनि भन्न चाहेनन् । ‘अन्य नेताहरुलाई भने एक दुई दिनमा भेटेर कुरा गरौंला भनेकाे छु,’ उनले भने,‘अब त फोन अफ छ, कसैको फोन आउने कुरो भएन ।’
अहिले भने उनले आफ्नो फोन नै स्वीच अफ गरेर बस्ने गरेको बताउँछन् । केहि काम परे अप्सनका लागि नयाँ नम्बर लिएर पहिलाको नम्बर अफ गरेर बसेको उनको भनाई छ ।
FACEBOOK COMMENTS