काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट छनोट खेलमा तनहुँले दोस्रो जित निकालेको छ । पोखरामा जारी छनोटअन्तर्गत शुक्रवार भएको खेलमा तनहुँले स्याङ्जालाई पराजित गरेको हो ।
पहिलो खेलमा तनहुँले कास्कीमाथि विजय हासिल गरेको थियो । तनहुँले हालसम्म कास्कीलाई पराजित गर्न सकेको थिएन । पहिले ब्याटिङ गर्दै स्याङ्जाले १७५ रन बनाएको थियो । तनहुँका लागि सन्दीप पराजुलीले ४, विनय भण्डारी र प्रदीप अर्यालले २–२ विकेट लिए ।
दोस्रो ब्याटिङ गरेको तनहुँले पाँच विकेट बाँकी रहँदै लक्ष्य भेटाउँदै विजय हासिल गरेको तनहुँका कप्तान चन्द्रकान्त पौडेलले जानकारी दिए । खेलमा तनहुँका समीर कंडेल ५४ रन बनाएर म्यान अफ दि म्याच घोषित भएका छन् । छनोट खेलअन्तर्गत शनिवार तनहुँले नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ ।
FACEBOOK COMMENTS