काठमाडौं । उमेश श्रेष्ठ ४२ वर्षअघि भोजपुरबाट काठमाडौं आएका उनी हाल शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा संलग्न छन् । अहिले झम्सीखेल ललितपुरमा उनको बसोवास छ भने कर्मभुमि चितवनलाई बनाईरहेका छन् ।
स्वास्थ्य राज्यमन्त्री समेत भईसकेका श्रेष्ठ मूलतः शिक्षा क्षेत्रका व्यवसायी हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य रहेका उनी ललिपुरको हात्तीवनमा रहेको लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक अध्यक्ष हुन् । उनी उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसान र प्याब्सनका पूर्व अध्यक्षसमेत हुन भने हाल सल्लाहकार छन् । उनी कांग्रेसमा दोस्रो पटक समानुपातिक कोटाबाट सांसद बनेका व्यक्ति हुन् । यसअघि उनी संविधानसभा सदस्य थिए ।
श्रेष्ठको नेपालको शैक्षिक क्षेत्रमा मात्रै नभएर अन्य व्यवसायमा पनि लगानी छ । उनले व्यावसायिक शुरुवातमा भने लिटिल एन्जल स्कूल खोलेर शैक्षिक व्यवसायीका रुपमा परिचय बनाएका थिए । उनी प्राइम कमर्सिंयल बैंकका पूर्व अध्यक्षसँगै मुख्य लगानीकर्ता पनि हुन् । उनको पछिल्लो समय जलविद्युत् आयोजनामा पनि लगानी छ । उनी पाँचथर पावर कम्पनी प्रालिका अध्यक्ष हुन् । यस्तै सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो वझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीमा पनि उनको लगानी छ ।
यसैगरी चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा पनि उनको लगानी छ । पोखरामा उनको नयाँ होटल परियोजना सुरु भएको छ । कृषि फार्म, निजी वन विकास लगायत धेरै क्षेत्रमा उनको लगानी छ । यस्तै हाउजीङ तथा रियल स्टेटमा पनि उनको लगानी छ ।
श्रेष्ठले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि हात हालेका छन् । नेपालमा निजी अस्पतालमा लगानी गर्न सुरु गरेका श्रेष्ठले यस वर्ष नै ५० करोड रुपैयाँभन्दा बढी लगानीमा पाँचवटा निजी अस्पताल बनाउने तयारी गरेका छन् ।उनी महेन्द्रनारायण निधि मेमोरियल सामूदायिक अस्पताल काठमाडौंको ट्रस्टीजको अध्यक्ष हुन् । यस्तै काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पतालकासमेत उनी अध्यक्ष हुन् ।
श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहँदानै कोरोना खोपलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गरेका थिए । उनले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि गरेको सहि रणनीतिले गर्दा धेरै नेपालीको ज्यान जोगिएको थियो । श्रेष्ठ यसपाली गठबन्दनको साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेस बाट चित्वन क्षेत्र नं ः २ बाट प्रतक्षका उम्मेदवार बनेका छन् । श्रेष्ठको उत्कृष्ट छविकाकारण त्यस क्षेत्रका अरु उम्मेदवार गौण बन्दै गईरहेका छन् ।
अहिले श्रेष्ठ “समृद्ध चितवन हाम्रो अभियान” नाराका साथ घरदैलो गरीरहेका छन् । ब्यवसायीक यात्रामा पुर्ण सफल रहेका श्रेष्ठ अवको यात्रा समाज सेवा र देशलाई समृद्ध बनाउन, कृषि क्षेत्रमा लगानी गर्ने लक्ष्य साथ अगाडी बढीरहेका छन् । उनी जस्तो ब्यक्ति देशलाई कत्तिको खाँचो छ । चितवन २ का भोटरहरुले सोच्न आवश्यक छ ।
FACEBOOK COMMENTS