काठमाडौं । मेगा बैंकले लाभांश दिने घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा बोनस ४ र नगद लाभांश ३.८३ प्रतिशत रहेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS