काठमाडौं,कार्तिक १४ – विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी सामसुङ इलेक्ट्रोनिक्स आर्थिक मन्दीको चपेटामा परेको छ । ठूलो मात्रामा स्मार्टफोन र मेमोरी चिप उत्पादन गर्दै आएको सामसुङ इलेक्ट्रोनिक्सको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वार्षिक आधारमा ५२ प्रतिशतले गिरावट आएको छ।
अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धका कारण कम्पनीले चिपको मार्केटमा ग्लोबल मन्दी आएको बताउँदै यसले मुनाफामा ठूलो असर परेको जनाएको छ ।
जुलाई–सेप्टेम्बर तेस्रो त्रैमाससम्म सामसुङ इलेक्ट्रोनिक्स दिग्गज सामसुङ गुप्रको प्रमुख सहायक कम्पनीको खुद नाफा ५।४० बिलियन डलर रहेको थियो जुन वार्षिक आधारमा ५२ प्रतिशतले कम हो । कम्पनीका अनुसार वार्षिक आधारमा कम्पनीको मेमोरी कारोबारमा तीव्र गिरावट आएका कारण चिपको मूल्य लगातार घटिरहेको छ ।
यसका साथै जापानले लगाएको प्रतिबन्धका कारण पनि सामसुङको कारोबारमा असर गरिरहेको छ ।
FACEBOOK COMMENTS