काठमाडौँ । नागरिकता प्रकरणमा चितवन क्षेत्र नं।. २ का उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् ।
विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।
उजुरीका सन्दर्भमा लामिछानेले स्पष्टीकरण बुझाएको चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७ दिन समय दिएर रविलाई स्पष्टीकरण पेस गर्न भनेको थियो । रविले मङ्गलवार सातौँ दिन स्पष्टीकरण बुझाएका हुन् ।
लामिछानेले सातौँ दिनको अन्तिम समय पारेर स्पष्टीकरण मङ्गलवार दिउँसो ४ः ३० बजेतिर मुख्य निर्वाचन अधिकृतलाई सिलबन्दी गरेर बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेले बुझाएको स्पष्टीकरण सिधै केन्द्रमा पठाउने र केन्द्रले नै निर्णय लिने बताए ।
FACEBOOK COMMENTS