काठमाडाैं । संसदीय चुनावको नतिजा सार्वजनिक भइरहेका बेला बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन्।
गोरखा क्षेत्र नं २ बाट विजयी भएका प्रचण्डलाई देउवा र ओलीले फोन गरेर बधाई दिएका हुन्।
फोनमा उनीहरूले एकआपसमा बधाई साटासाट गरेको जनाइएकाे छ।
फाेनमा ओलीले भने प्रचण्डसँग मिलेर जानेबारे कुराकानी गरेकाे बुझीएको छ । ओलीले कम्युनिष्ट पार्टी मिलेर नजाँदा निर्वाचनमा धक्का लागेको समेत प्रचण्डसँग धारणा राखेका छन्।
दुवैजनाले प्रचण्डसँग सरकार बनाउने विषयमा पनि कुरा गरेकाे माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार देउवाले पनि भावि सरकार गठन र राष्ट्रपति निर्वाचनबारे छलफल गरेका छन् ।
ओलिले भने सरकार बनाउन आफुलाई सहयोग गर्न आग्रहसमेत गरेको जनाइएको छ । प्रचण्डसँग उनले आलो-पालो सरकार बनाएर अघि बढ्न सकिने प्रस्ताव समेत राखेका हुन् ।
जवाफमा प्रचण्डले ओलीलाइ कसकाे कारणले पार्टी फुटेकाे भनेर प्रतिप्रश्न गरेका थिए । आफ्नो गल्तीबारे आत्मसमिक्ष गर्न आग्रहसमेत समेत प्रचण्डले ओलिलाई गरे ।
त्यसैगरी देउवालाई भने सरकार बनाउन सहयोग गर्ने संकेत प्रचण्डले देखाएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिमा कुरो मिलेको खण्डमा प्रचण्डले देउवालाई आगामि प्रधानमन्त्री बन्न सहयोग गर्नेछन् । तर, राष्ट्रपति पद भने माओवादीलाई नै हुनुपर्ने सर्त पनि प्रचण्डले अघि सारेको बताइएको छ । देउवा पनि राष्ट्रपति माओवादीलाई दिएर आफु प्रधानमन्त्रीमा निरन्तर रहने मनसायमा रहेको बुझिएको छ ।
तर, चुनावकाे पछिल्लाे नतिजाले प्रचण्ड निर्णायक भुमिकामा नरहने स्पष्ट देखिन थालेकाे छ । उता नेपाली काँग्रेसमा पनि अब देउवाकाे मात्र निर्णय नचल्ने अवस्था नजिकिएकाे छ । तर, काँग्रेसमा देउवाकाे कुराे चल्छ कि अरू नेताकाे कुराे चल्छ भन्ने यकिन गर्न चुनावकाे सबै नतिजासम्म कुर्नुपर्ने हुन्छ ।
संसदीय दलकाे चुनावमा बहुमत मात्र देउवाले पाएभने उनले एकलाैटि ढंगले निर्णय कार्यन्वयन गर्छन् भन्दा अच्चम नमान्दा हुन्छ । जुन उनले पहिलै देखि अहिलेसम्म गर्दै अाएका छन् । तर, कुनै कारणबस संसदीय दलकाे नेतामा उनी अल्पमतमा परेकाे खण्डमा उनकाे राजनैतिक करियरनै सकिएकाे मान्दा हुन्छ ।
यता प्रचण्ड भने माधव कुमार नेपालकाे एकिकृत समाजवादीसँग मिलेर भएपनी आफु निर्णायक भुमिकामा रहिरहने दाउमा छन् । जसकालागि माधवकुमार नेपाललाई पनि उनले विभिन्न प्रलोभनमा पारिसकेको समाजबादी एसका एक नेताले बताएका छन् । समाजबादीका केहि नेताहरु गठबन्धनप्रति रुष्ट बनेका छन् ।
सभामुख र उपसभामुखको बारेमा भने पछिल्लो फोनर्बातामा कुनै छलफल भएन।
FACEBOOK COMMENTS