काठमाडौँ । इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली काँग्रेसका शमशेर राई निर्वाचित भएका छन् ।
प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरेका छन्।
लङ्वा प्रदेश नं १ सरकारमा संस्कृति तथा पर्यटन मन्त्री छन् । एमालेका पराजुली सन्दकपुर गाउँपालिकाको निवर्तमान उपाध्यक्ष छन् ।
त्यसै गरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा काँग्रेसका राईले १२ हजार ७७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दीपककुमार थेवेले १२ हजार १३३ मत प्राप्त गरे ।
विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा राई रोङ गाउँपालिका अध्यक्ष तथा थेवे माइ नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS