काठमाडौं । काठमाडौंको थापाथलीका सुकुम्बासीहरु काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।
डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर सुकुम्बासीहरुले कार्यालयमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले बालेन शाह राजिनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।
उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।
FACEBOOK COMMENTS