काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश दिने भएको छ ।
बुधबार बसेकोे बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।
जसमा ४.७५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिबत नगद लाभाशं रहेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिभई बैंकको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गर्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS