काठमाडौँ । शुक्रबारदेखि ग्वार्कोमा ‘फ्लाइओभर’ (ओभर पास_को निर्माण शुरु हुने भएको छ।
सडक विभागका अनुसार ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने गरी आरसी, समानान्तर र रेलिग्रे कम्पनीले ठेक्का पाएका छन्।
काम शुरु हुने भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक जाम व्यवस्थापनका लागि सूचना जारी गरेको छ। शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा व्यवस्थापन गरिएको छ।
त्यसैगरी निजी चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्र्याकबाट सञ्चालन गरिने तथा बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ जाने यात्रुवाहक, मालवाहक र दुई पाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा तथा निजी चारपाङ्ग्रे सवारीसाधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
FACEBOOK COMMENTS