काठमाडाैं । चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
बैंकले प्रकाशित गरेको १६ औं वार्षिक प्रतिवेदन अनुसार बज्राचार्यले तलब भत्ता र सेवा सुविधा बापत् आव २०७८/७९ मा २ करोड ९८ हजार ८९१ रुपैयाँ बुझेका छन् भने सोही वर्ष उनको सञ्चयकोषमा ७ लाख ५९ हजार ६ सय रुपैयाँ जम्मा भएको छ । बज्राचार्यले बैंकबाट १ वर्षमा २ करोड ८ लाख ७७ हजार ९ सय ३४ रुपैयाँ पारिश्रमिक बुझेका छन् ।
वार्षिक प्रतिवेदन अनुसार बैंकले अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतलाई १ करोड ३२ लाख ४५ हजार रुपैयाँ तलब तथा भत्ता र ७ लाख ३३ हजार २ सय सञ्चय कोष गरी कुल १ करोड ३८ लाख ७८ हजार २सय रुपैयाँ बुझेका थिए ।
बैंकले सञ्चालकहरुको शुल्क र खर्च स्वरुप गत आवमा ४९ लाख ३४ हजार ९१ रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष भने सञ्चालकहरुको खर्च स्वरुप ५४ लाख ६ हजार ६६ रुपैयाँ खर्च भएको थियो ।
ग्लोबल आईएमई बैंकले गत आवको नाफाबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी १३.६ प्रतिशत लाभांश दिने प्र्रस्ताव गरेको छ । ग्लोबल आईएमई बैंकले १ बराबर १ को अनु्पातमा बैंक अफ काठमाडौंसँग मर्जर सम्झौता गरेको छ । मर्जर पश्चात चुक्ता पुँजीको हिसाबले नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने भएको छ ।
FACEBOOK COMMENTS