काठमाडौं । चितवनको ‘चितवन गार्डेन रिसोर्ट’काे भान्सा प्रशासनले सिल गरेको छ । बिवाह भोजमा सयौंलाई विषाक्त खाना खुवाएपछि प्रशासनले उक्त रिसाेर्टकाे भान्छा सिल गरेकाे हाे ।
केही दिनअघि उक्त होटलमा आयोजित विवाह भोज खाने तीन सय जना बिरामी हुनुका साथै झण्डै डेढ सय अस्पताल नै भर्ना हुनुपरेपछि होटल संघ नेपाल (हान) र स्थानीय प्रशासनले छानविन अघि बढाएको थियो ।
जिल्ला प्रशासन कार्यालय चितवनले चितवन गार्डेन रिसोर्टको भान्सा सिल गरेको हानका क्षेत्रीय अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।
जिल्ला प्रशासनले अनुगमनपछि खाना खाने कुराहरु उत्पादन गर्न प्रतिवन्ध लगाएको हो । भान्सा बन्द भए पनि रिसोर्ट भने सञ्चालनमा रहेको जनाइएको छ ।
FACEBOOK COMMENTS