काठमाडौं । सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरु भएको हो छ ।
होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ । होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरुलाई वैज्ञानिक नियम र सिद्धान्तहरुको बारेमा जानकारी गराइने उद्देश्य लिइएको छ । साथै अन्तरक्रियात्मक कार्यक्रममार्फत पनि बालबालिकाहरु सहभागि हुने व्यवस्था मिलाइएको छ ।
प्रदर्शनीमा ग्याजेट र रोवोटिककुराहरु प्रयोग गरिएको छ । जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरुको प्रशिक्षणले आगामी दिनमा बालबालिकहरुलाई विषय बुझ्नका लागि थप सहयो गर्ने अपेक्षा गरिएको छ । त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा थापाले जानकारी दिइन् ।
FACEBOOK COMMENTS