काठमाडाैं । चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका शोभराज अहिले अध्यागमन विभागमा छन् ।
शोभराजले केही दिन नेपाल बस्न चाहेका थिए । तर उनलाई आजै साँझ फ्रान्स पठाउने तयारी छ । सिमल ट्राभन्सबाट उनको टिकट काटिएको छ ।
उनी साँझ ६ बजे कतार एयरवेजको विमानबाट दोहा हुँदै पेरिस जानेछन् ।
ईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधबार आदेश दिएको थियो ।
FACEBOOK COMMENTS