काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट शेयरधनीलाई ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS