हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले पौष २५ गतेभित्र सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन्।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरेका छन्। अब दलहरुले सरकार गठनको लागि आह्वान भएको दिनदेखि ५ दिनभित्र अर्थात पौष २५ गते अपराह्न ४ बजेभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्नुपर्नेछ।
बामगती प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा सरकार गठनका लागि आह्वान गरिएको प्रदेश कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS