काठमाडौं । आईएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आईएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिक्तम २०० रुपैयाँ सम्म) प्राप्त गर्न सक्नेछन् । यो अफर आईएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले राखेको छ ।
यस अफर अवधिभर ग्राहकहरुले काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटका साथै निःशुल्क आईएमई पेको भिसा कार्ड लिन पनि सक्नेछन् ।
FACEBOOK COMMENTS